आजपनि भएन मन्त्रीमण्डल पुर्नगठन, प्रममा ओली पुरै कार्यकाल रहने र प्रचण्ड कार्यकारी अध्यक्ष हुने टुंगो

news-details

आज बुधबार मन्त्रीपरिषदको पुर्नगठन हुने बताइए पनि हटने र थपिने मन्त्रीहरुको अन्तिम टुंगो लाग्न नसकेपछि दुई अध्यक्षको जिम्मेवारी बाँडफाँड गर्दै नेकपाको सचिवालय बैठक सकिएको छ ।

नेकपाको आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओली पुरै कार्यकाल प्रधानमन्त्रीकै जिम्मेवारीमा यथावत रहने र पार्टीको कार्यकारी अधिकारको जिम्मेवारी भने पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ ।

आजै हुने भनेको मन्त्रीमण्डलको हेरफेरमा भने कुनै टुंगो नलागेपछि दुई अध्यक्षलाई नै यसबारे निर्णय गर्ने जिम्मा सचिवालय बैठकले दिएको बताइएको छ ।

स्रोतका अनुसार हटने र थपिने मन्त्रीको नाम आजै अवेरसम्म टुंगो लगाएर भोली विहिबार मन्त्रीपरिषद पुर्नगठनको तयारी भैरहेको छ । उता केहि मन्त्रीहरुको जिम्मेवारी हेरफेरका विषयमा पनि छलफल भैरहेको बुझिएको छ ।

यसैबिच आजै विहान प्रधानमन्त्री ओलीले मन्त्री बनाउने आश्वासन दिदै उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई राजिनामा दिन आग्रह गरेकोमा उनले त्यसलाई अस्विकार गरेकि छिन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *