डीभीको लहड : राहदानी विभागमा पासपोर्ट बनाउनेको थामिनसक्नुको भीड

news-details

अमेरिकी डाइभर्सिटी भिसा (डिभी) भर्नका लागि पासपोर्ट अनिवार्य भएपछि अहिले काठमाडौस्थित राहदानी विभागमा नयाँ पासपोर्ट बनाउनेहरुको भीड थामिनसक्नु लागेको छ ।

अमेरिकी सरकारले यसपालीदेखि डीभी आवेदनमा एमआरपी नम्मर अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था गरेपछि देशैभरबाट तत्काल राहदानी बनाउनेहरु काठमाडौ आउदा भीड बढेको हो । असोज १५ गतेबाट खुलेको डीभी आवेदन कात्तिक १५ गतेसम्म भर्न पाइनेछ ।

तत्काल एमआरपी लिनेको संख्या बढेपछि राहदानी विभागले काउण्टर थप गरेर बेलुका ९ बजेसम्म आवेदन फर्म बुझने व्यवस्था गर्दै १० जना कर्मचारी काजमा थप गरेको जानकारी दिएको छ ।

विभागका अनुसार अन्य समयमा दैनिक औसदमा ५ सय जनाले राहदानीको आवेदन दिने गरेकोमा अहिले दैनिक ३ हजारको हाराहारीमा पुगेको छ ।

तत्काल राहदानी लिने व्यवस्था अनुसार सोही दिन लिन १५ हजार शुल्क, १ दिनपछि लिन १२ हजार शुल्क र ३ दिनभित्र लिन १० हजार शुल्क तिर्नुपर्छ भने जिल्लामा ५ हजार रुपैयाँ लिएर २० दिनभित्र पासपोर्ट उपलब्ध गराइन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *