नक्कली नोट छाप्ने मेसिनसहित बौद्धबाट तीन जना पक्राउ

news-details

प्रहरीले काठमाडौंको बौद्धस्थित नयाँबस्तीबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो । पक्राउ परेका तीन जनाको साथबाट ५० हजार रुपैयाँ बराबरका नोट बरामद भएको थियो ।

पक्राउ परेकाहरुको नाम र विवरण भने सार्वजनिक गरिएको छैन । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *