बेइजिङ र मलेसियामा हिमालय एयरलाइन्सले उडान भर्ने

news-details

संसारकै ठूला विमानस्थलमध्ये एक बेइजिङको डाक्सिङ विमानस्थल र मलेसियामा पुनः नेपालको हिमालय एयरलाइन्सले उडान भर्ने भएको छ ।

चीनका विभिन्न शहरमा उडानको तयारी गरिरहेको उक्त एयरलाइन्सले बेइजिङको नयाँ विमानस्थलमा स्लट प्राप्त गरिसकेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । डाक्सिङमा दैनिक एक उडान गर्ने गरी स्लट प्राप्त भएको उनले बताए ।

कम्पनीले करिब एक महिनापछि चीनमा उडान विस्तारको योजना बनाएको छ । हिमालयले चीनमा उडान बिस्तार गर्न सके त्यो नेपाली कम्पनीको प्रतिनिधित्व गर्ने एक मात्र कम्पनी हुनेछ । चीनमा नेपाल एयरलाइन्सले उडान विस्तारको योजना बनाए पनि तालिका सार्वजनिक गरिसकेको छैन । उता, चीनबाट भने नेपालमा ५ वटा कम्पनीले उडान गर्छन् ।

हिमालयले नयाँ जहाज ए ३१९ जहाज थप्दैछ । १ सय २८ सिट क्षमताको उक्त जहाजबाट कम्पनीले बेइजिङमा उडान गर्ने भएको छ । काठमाडौंबाट करिब साढे ४ घण्टाको उडानमा जहाज बेइजिङ पुग्नेछ ।

मलेसियामा पुनः उडान शुरु गर्ने

मलेसियाको रोजगारी खुलेसँगै हिमालय एयरलाइन्सले मलेसियामा उडान विस्तार गर्ने भएको छ । मलेसियामा यस अघि नै उडान गरेको कम्पनीले मलेसियाको रोजगारी बन्द भएपछि उडान कटौती गरेको थियो ।

हिमालय एयरलाइन्ससँग अहिले ए ३२०–२१४ सिरिजका ३ वटा जहाज छन् । ती जहाजबाट कम्पनीले अवुधावी, दमाम, दोहा र ढाकामा उडान गरिरहेको छ । मे ३१ २०१६ बाट उडान थालेको हिमालयले सन् २०२० मा करीव आधा दर्जन चिनियाँ शहरमा पुग्ने लक्ष्य लिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *