एक सातादेखि बन्द तातोपानी नाका भोलिदेखि खुल्ने

news-details

सडक भत्किएकाले बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका भोलिदेखि सञ्चालनमा आउने भएको छ। चीनको रमितेमा सडक भत्किएको भन्दै गत शुक्रबारदेखि तातोपानी नाकाबाट कन्टेनर आवतजावत बन्द गरिएको थियो।

चाडवाडको बेलामा नाका ब्यस्त हुने समयमा बन्द हुँदा त्यसको मार सीधा उपभोक्तालाई पर्ने देखिन्छ ।चिनियाँ पक्षले सडक मर्मत सकिएको र अब नाका सुचारु हुने जानकारी दिएको अध्यागमन कार्यालय तातोपानीले जनाएको छ ।

नाका चाँडो खुलाउन व्यवसायी तथा स्थानीयले दावाव दिदै आएका थिए । नाका खुल्ने खवरसँगै उनीहरुमा उत्साह पुनः जागेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *