चितवन प्रहरीको हिरासतमा रहेका विप्लवपुत्र प्रकाश चन्द रिहा

news-details

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवपुत्र प्रकाश चन्द विहीबार हिरासत मुक्त भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार हिरासतमा लिएका चन्दलाई छाडेको हो ।

चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै प्रकाशलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

अस्पतालभित्र तोडफोड नै गर्न लागेको भन्दै प्रकाशसहित दर्जन बढी विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सो क्रममा भएको झडपमा केही विद्यार्थी घाइते भएका थिए । मेडिकल कलेजमा भइरहेको आन्दोलनको अगुवाई चन्दले गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *