मुस्लिम आयोगका अध्यक्ष अन्सारी र चीनीया प्रतिनिधि मण्डलबीच भेटवार्ता

news-details

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसंग चीनबाट नेपाल आएको प्रतिनिधि मण्डलले आज भेट गरेको छ । मुस्लिम आयोगको मुख्यालय जावलाखेलमा भएको भेटमा चीनिया प्रतिनिधि मण्डलले मुस्लिम समुदायको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग गर्ने इच्छा देखाएको छ । चीनिया प्रतिनिधि मण्डलका तर्फबाट peng young cai, zhu xianhu  ले भेटी नेपालका मुस्लिम समुदायको विकासको लागि सहयोग गर्न इच्छा देखाएको हो ।

उनीहरुले नेपालमा कृषि क्षेत्रको सम्भावना प्रशस्त रहेको भन्दै कृषिमा सहयोग गर्ने वचन दिएको छ । नेपालको पशुपालानको क्षेत्र, हाइड्रो पावर र अन्य क्षेत्रमा सहयोग गर्ने बिषयमा पनि अध्यक्ष अन्सारीसंग कुराकानी भएको थियो । मुस्लिम समुदायका बालबालिकाको शिक्षाको विकास र छात्रबृत्तिको लागि पनि प्रतिनिकि मण्डलले अध्यक्ष अन्सारीसंग कुराकानी गरेको थियो ।

उनीहरुले चीन नेपालको विकासको लागि सहयोगि भएकाले लगानी गर्नका लागि वातावरण बनाई दिन आग्रह गरेका थिए ।

अध्यक्ष अन्सारीले भने चीनले नेपालको विकास प्रति देखाएको सदभावकोे लागि धन्यावाद दिदै नेपालको ग्रामिण क्षेत्रको विकासमा सहयोग गर्न आग्रह गर्नुभयो । ग्रामिण क्षेत्रमा मुस्लिम समुदायको अवस्था कमजोर भएकाले मुस्लिम समुदायको शिक्षा र स्वास्थ्यलगायतको क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभया ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *