अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उदघाटन गरेका छन्। मंगलबार दिल्लीबाट मोदी र सिंहदरबारबाट ओलीले स्वीच थिचेर नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उदघाटन गरेका हुन्।
उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ। पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले जनाएको छ ।








