किवानिज इन्टरनेशनल क्लवको पहिलो नेपाल डिष्ट्रिक गभर्नरमा श्रेष्ठ निर्वाचित

news-details

बालबालिकाहरुको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय सामाजिक क्लव किवानिज इन्टरनेशनलको पहिलो नेपाल डिष्ट्रिक गभर्नरमा सुजनकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । संखुवासभाका श्रेष्ठ अमेरिका र नेपालमा विभिन्न क्षेत्रमा व्यवसायका साथै सामाजिक काममा सक्रिय छन् ।

बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रियस्तरमा परिचित किवानिज क्लव नेपालमा पहिलो डिष्ट्रिक बन्न सफल भएको छ । नेपालभर किवानिसका ५१ वटा क्लव खुलिसकेका छन् ।

किवानिज क्लव अफ अरुण भ्याल्लीका अध्यक्ष दिपेन्द्र वान्तवाको प्रस्तावमा श्रेष्ठ सर्वसम्मत गभर्नर चुनिएका हुन् । किवानिज इन्टरनेशनल नेपालको गत शनिवार भएको ऐतिहासिक प्रथम अधिबेशनबाट बर्ष २०१९ र २० को लागि गभर्नरमा श्रेष्ठ चुनिएका हुन् ।

अधिबेशनले डिष्ट्रिक्ट गभर्नर इलेक्टमा मोहन लम्साल, भाइस गभर्नरमा एकराज पन्त, सेक्रेटेरीमा लक्ष्मण लम्साल, कोषाध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ, किवानिज चिल्ड्रेन फन्डको अध्यक्षमा दामोदर ढकाललाई निर्विरोध निर्वाचित गरेको छ । त्यसैगरी प्रदेश १ गभर्नरमा प्रकाश कुमार भण्डारी, प्रदेश २ मा रेशम पोखरेल, प्रदेश ३ पुर्वमा नारायण राउत, प्रदेश ३ पश्चिममा सन्तोष सेढाइ, प्रदेश ३ उत्तरमा तिर्थ कुमार सिंह, र प्रदेश ३ दक्षिणमा मनिषा बिमली, प्रदेश ४ मा नवीन पौडेल, प्रदेश ५ मा दिपेश शाही, प्रदेश ६ मा कृष्ण प्रसाद ज्ञावली र प्रदेश ७ मा अरुण कुमार खड्का निर्वाचित भएका छन् ।

स्थापनाको छाटो समयमा नै किवानिज क्लवले नेपालमा सञ्जाल विस्तार गरेर धेरै सामाजिक काम गरिसकेको छ । लुम्बिनी किवानिजले अर्को बर्ष दोश्रो अधिबेशन लुम्बिनीमा गर्ने निर्णय पारित भएको गभर्नर सुजन श्रेष्ठले जानकारी दिए ।

किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक कन्भेन्सन काठमाडौंमा हुँदैछ । आगामी मार्च ५–७ सम्म होटल ह्यात बौद्धमा २२ देशका १२ सय प्रतिनिधि सहभागी हुने सम्मेलनको तयारी भइरहेको सचिव लक्ष्मण लम्सालले जानकारी दिए । उनले भने–‘यति ठूलो कन्भेन्सन नेपालमा आयोजना गरेर नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरेका छौ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *