वीरगञ्जमा १५ वर्षीया छात्रामाथि एसिड प्रहार, उपचारका लागि काठमाडौं लगिँदै

news-details

वीरगञ्ज महानगरपालिकामा विद्यालय जाँदै गरेकी एक छात्रामाथि एसिड प्रहार भएको छ । त्रिभुवन हनुमान माविमा कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनलाई प्रेम प्रस्ताव स्वीकार नगरेको रिसमा एसिड प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको बताइएको छ ।

साथीसँग विद्यालय जाँदै गर्दा वीरगन्ज–४ बिर्तामा रहेको गणेशमान चोक नजिक रहेको सैलुनमा बसेका युवाहरुले बिहान ६ बजे एसिड प्रहार गरी भागेका थिए । एसिडले मुस्कानको अनुहार, छाती र हात तथा कपडाहरु जलेको प्रहरीले जनाएको छ ।

एसिड आक्रमण गर्ने दुई युवामध्ये वीरगन्ज–२ छपकैयाका १६ वर्षीय सम्साद मिया पक्राउ परेका छन् । अर्का १६ वर्षीय मजिद आलम फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । एसिड प्रहारबाट गम्भीर घाइते खातुनको नारायणी अस्पताल वीगन्जमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *