स्वास्थ्य उपचार गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

news-details

प्रधानमन्त्री केपी शर्मा ओली दुइ साताको स्वास्थ्य उपचारपछि शुक्रबार स्वदेश फर्कनु भएको छ ।

उहाँ मिर्गौलाको थप परीक्षणा तथा उपचारका लागि भदौँ ५ गते सिङ्गापुर जानुभएको थियो । ‘प्लज्मा फेरेिसस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न स्वदेश फर्कनु भएको छ । विमानस्थलमा प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिनुभएन ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *