उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रीहरुसँग भिडियो कन्फ्रेन्स बैठक गरेका छन् । म‌ंगलबार दिउँसो सिंगापुरबाट प्रम ओलीले मन्त्रीहरुसँग सरकारको कामकारवाहीका बारेमा छलफल गरेका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले सबै मन्त्रालयको कामकार्वाहीको बारेमा जानकारी लिएका थिए भने आवश्यक निर्देशन पनि दिएका थिए । तथापी आजको छलफलमा कुनै निर्णय भने नभएको जनाइएको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रम ओलीले सिंगापुरबाट टेलिप्रिजेन्स प्रविधिमार्फत् दोस्रो पटक आफ्नो क्याबिनेटका सदस्यहरूसँग संवाद गरेको जानकारी दिए ।