प्रधानमन्त्री ओली सोमबार मात्र स्वदेश फर्कने

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई एक दिन लम्बिएर सोमबार सरेको छ । नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीको परीक्षण रिपोर्टको बिस्तृत बिवरण नआएपछि आइतवार स्वदेश फर्कने कार्यक्रम स्थगित भएको हो ।

प्रधानमन्त्री ओली भोलि सोमवार दिउसो थाइ एअरको नियमित उडानमार्फत काठमाडौं आइपुग्ने जनाइएको छ । चिकित्सकको सल्लाहमा प्रधानमन्त्री ओलीको एक दिन बसाई थपिएको हो । स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओली स्वस्थ देखिए पनि मृगौला पत्यारोपनपछिको समग्र पक्षमा परीक्षण गरिएको कारण समय लम्बिएकोहो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको तर बिस्तृत रिपोर्टले थप परीक्षण महसुस गरिएको हो ।

प्रधानमन्त्री ओली गत साउन १८ गते नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेका हुन् । दैनिक १८ घण्टा भन्दा बढी कामको कारण धपेडी बढनुका साथै नियमित परीक्षणको समयसमेत नाघेपछि चिकित्सकको दवावमा प्रधानमन्त्री ओली सिंगापुर गएका हुन्। उनलाई काममा धेरै धपेडी नगर्न र नियमित परीक्षणको समय नगुजार्नसमेत चिकित्सकले सुझाएका छन ।

प्रधानमन्त्री ओलीको साथमा पत्नी राधिका शाक्य, निजी चिकित्सक दिब्यासिंह शाह, मुख्य सल्लाहकार बिष्णु रिमाल, जनसम्पर्क सल्लाहकार अच्यूत मैनाली र स्वकीय सचिव राजेश बज्राचार्य तथा सुरक्षाकर्मीहरु रहेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *