२४ साउन २०७६
काठमाडौं
उपन्यासकार हरि कटुवालको ‘रेड लाइट’ उपन्यास सार्वजनिकरण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य तथा उपन्यासकार माया ठकुरी, निबन्धकार युवराज नयाँघरे, प्रमुख कोष नियन्त्रक ललितपुरका कृष्ण तिम्सिना, सङ्गीतकार सन्तोष श्रेष्ठ, सञ्चारकर्मी जीवनाथ खनाल तथा लेखक हरि कटुवालले संयुक्त रुपमा विमोचन गर्नुभयो ।

उपन्यासकार हरि कटुवालको ‘रेड लाइट’ विमोचित

‘रेड लाइट’ उपन्यासको समीक्षा गर्दै निबन्धकार नयाँघरेले सहरी यौन समस्याको व्यवस्थापनमा उपन्यासले आवाज उठाएको धारणा राख्नुभयो । यसैगरी सङ्गीतकार सन्तोष श्रेष्ठले उपन्यासको शीर्षक तथा विषयवस्तुबाट नयाँ पुस्ता आकर्षित हुने विचार राख्नुभएको थियो । सञ्चारकर्मी खनालले यौनबाट समाज उत्ताउलो र भड्किलो हुनसक्ने अवस्थाको लागि यो कृतिले खबरदारी गरेको भावना पोख्नुभयो ।

उपन्यासकार हरि कटुवालको ‘रेड लाइट’ विमोचित

प्राज्ञ माया ठकुरीले उपन्यासले समाजमा दबिएर रहेको यौन र यसभित्र रहेको चरित्रलाई उजागर गर्दै साहसी विषय उठान गरेकोमा बधाई दिनुभयो ।

उपन्यासकार हरि कटुवालको ‘रेड लाइट’ विमोचित

कृतिकार कटुवालले आफ्नो लेखनबारे धारणा राख्दै समाजमा यौनलाई हेर्ने नकरात्मक धारणालाई सकरात्मकतातिर लैजान ‘रेड लाइट’ लेखेको विचार राख्नुभयो ।
उपन्यासकार हरि कटुवालको यसअघि नै ‘अधुरो सपना’ नामक उपन्यास आइसकेको छ । ‘रेड लाइट’ राइटर्स पब्लिकेसन्सबाट प्रकाशित औपन्यासिक कृति हो ।

उपन्यासकार हरि कटुवालको ‘रेड लाइट’ विमोचितउपन्यासकार हरि कटुवालको ‘रेड लाइट’ विमोचितउपन्यासकार हरि कटुवालको ‘रेड लाइट’ विमोचितउपन्यासकार हरि कटुवालको ‘रेड लाइट’ विमोचित