गोरखाको धार्चे गाउँपालिकास्थित ओडारमा लुकाइराखिएको १६ किलो सुन फेला परेको छ ।
धार्चे गाउँपालिकामा ओडारमा लुकाइराखेको अवस्थामा बरामत गरिएको सुनसँगै स्थानीय धनकमल गुरुङलाई पक्राउ गरिएको र पक्राउ भएका व्यक्ति तथा सुन सदरमुकामतर्फ ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
बरामद भएको सुन चिनियाँ नाका हुँदै नेपालतर्फ भित्र्याएका प्रारम्भिक अनुमान गोरखा प्रहरीले गरेको छ ।








