केही दिन अझै भारी वर्षा हुने, ‘अलर्ट’ रहन काठमाडौं प्रहरीको आग्रह

news-details

न्यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपाल प्रवेश गरेकाले देशभर वर्षा भइरहेको छ । न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताए ।

“आगामी तीन दिन देशभर मनसुन अति सक्रिय हुनेछ, जसले गर्दा बाढी, पहिरोको उच्च जोखिम रहेकाले सतर्कता उपनाउनुपर्ने हुन्छ”, उनले भने । विशेषगरी आज र शनिबारलाई देशभर नै जोखिम रहेकाले नदी तथा तटिय क्षेत्रमा हुनेहरु सुरक्षित स्थानमा सर्न मौसमविद्को आग्रह छ । खासगरी २५ जिल्लामा कहिले मध्यम केहिले भारी वर्षा भइरहेने बताइएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार वाग्मती नदीको तराई क्षेत्रमा बहाब खतराभन्दा माथि बढ्दो क्रममा रहेको छ । खास गरी प्रदेश नं १, २ र ३ का सबै चुरे खोलामा बहाब सतर्कता माथि र उच्च खतरा शनिबारसम्म कायम रहने भएकाले सर्तक रहन आग्रह गरिएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा १९.० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा २३.०, दाङमा २३.४, जुम्लामा १५.९, धनगढीमा २५.५, नेपालगञ्जमा २५.६, सिमरामा २४.४, दिपालमा २४.६ र वीरेन्द्रनगरमा २४.३ मिलिमिटर वर्षा मापन गरिएको छ ।

‘अलर्ट’ रहन काठमाडौं प्रहरीको आग्रह

बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न प्रहरी हेडक्वार्टरबाट खटिएको विपद् व्यवस्थापन टोली र काठमाडौं प्रहरीले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले हेडक्वार्टरबाट सहयोगको लागि आएको विपद् व्यवस्थापन टोलीसँग समन्वय गरेर ठाउँ–ठाउँमा प्रहरी स्ट्यान्डबाई राखिएको बताए ।

‘परिसर मातहतका सम्पूर्ण युनिटलाई रेक्स्यूको लागि स्ट्यान्डबाई रहन भनिएको छ,’ डीएसपी बोगटीले भने, ‘यदि त्यस्तो केही परिहाल्यो भने १०० मा फोन गर्न पनि अनुरोध गर्छौं ।’

नदीको आसपास बस्नेहरु सबैभन्दा बढी सुरक्षा सर्तकताका साथ बस्न समेत काठमाडौं प्रहरीले आग्रह गरेको छ । नदी आसपासबाट सवारी साधन चलाउनेहरुलाई डाइभर्ट भएर अन्य कुनै बाटोको प्रयोग गरेर आ–आफ्नो घर जान समेत आग्रह गरेको छ ।

-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *