त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि पुनः २१ घन्टानै सञ्चालन हुने

news-details

मर्मतका लागि दैनिक १० घण्टा बन्द गरिदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज सोमबारबाट पुन : २१ घन्टानै सञ्चालन हुने भएको छ। रन–वे (धावनमार्ग) मर्मतका कारण चैत १८ गतेदेखि बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदै आएको थियो ।

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किँदा जहाज उडान र अवतरणमा समस्या आएपछि चैत्र १८ गतेबाट धावनमार्गको मर्मत शुरु गरिएको थियो ।

धावनमार्ग मर्मतको काम सुरु भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले दैनिक १० घन्टा विमानस्थल बन्द गर्दै आएको थियो । रन–वे पिच परिवर्तनको काम सुरु हुनभन्दा अगाडि विमानस्थल दैनिक बिहान ६ बजेदेखि राति ३ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।

ठेकेदार कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेशनले धावनमार्ग मर्मत ९० दिनमै सम्पन्न गरेको छ । उक्त कम्पनीले चार अर्ब २७ करोडमा धावनमार्ग स्तरोन्नतिको जिम्मा लिएको थियो ।

सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकामा पहिलोपटक कालोपत्र परिवर्तन गरिएको हो ।

धवनमार्गको पिचमा खराबी देखिएपछि प्राधिकरणले सन् २०१५ मै रन–वेको पिच परिर्वतन परियोजनको थालनी गरेको थियो । तर, लामो समयसम्म रोकिएको सो काम सन् २०१९ मा आएर मात्रै सुरु भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *