युथ फर ह्युमन राइट्स र कर्ण सकरात्मक सोचद्धारा तेमालका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

news-details

काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाँउपालिका–५ मा रहेको पोखरी नारायणस्थान नि.मा.विमा अध्ययनरत करिब ९० जना विद्यार्थीहरुलाई युथ फर ह्युमन राइट्स नेपाल र कर्ण सकरात्मक सोचको आयोजना तथा हिमालयन क्रस रोड प्रा.लि. तथा साइन्ट्रोलोजी भोल्युन्टर मिनिष्टर नेपालको सहयोगमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

तेमाल गाउँपालिका वडा नं ५ का अध्यक्ष प्रविन लामाको आतिथ्यतामा आयोजित कार्यक्रममा युथ फर ह्युमान राइट नेपाल च्याप्टरका अध्यक्ष तथा कर्ण सकरात्मक कोषका सचिव गुणराज प्याकुरेल, अन्ज लामिछाने, प्रदिप लामा, अमित थापालगायतले उक्त शैक्षिक सामाग्री वितरण गरेका हुन ।

साथै सो अवसरमा वालवालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सुनकोशी डेन्टल क्लिनिकले निःशुल्क दन्त परीक्षण शिविर पनि संचालन गरेको थियो । शिविरमा क्लिनिकका संचालक लक्ष्मण शर्माका साथै अनुपमा अधिकारी, डा.अयरा चालिसे, डा.मनिषा श्रेष्ठ, डा.आस्था पौडेललगायतले उक्त विद्यालयमा अध्ययनरच बालबालिकाहरुको दन्त परिक्षण गरेका थिए ।

कार्यक्रममा युथ फर ह्यमन राइट्सको पुस्तिका र कर्ण सकरात्मक कोषद्वारा प्रकाशित विभिन्न पुस्तीका वितरण गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *