पूर्व जर्मनी राजदुत मल्लको निधन

news-details

काठमाण्डौ, जर्मनका लागि पूर्व राजदुत बलराम सिंह मल्लको आज दुखद निधन भएको छ। ७८ वर्षीय पूर्व प्रशासक मल्लले जर्मनीको लागि २०५६ देखि २०६० साल सम्म राजदूत पदमा कार्यरत भएका थिए ।
मल्लले नेपाल सरकारको मुख्य सचिव भएर २०५३ देखि २०५६ साल सम्म कार्य गरेका थिए ।
उनले कानुन सचिव तथा पर्यटन सचिव भएर समेत योगदान पुर्याएका थिए ।

यसै गरी नबिल बैक लिमिटेडमा अध्यक्ष पदमा रही सेवा प्रदान गरेका थिए।
विक्रम संम्वत १९९८मा जन्मिएका स्वर्गीय मल्लका एक छोरा र तीन छोरी छन ।
जर्मनीको राजदूत रहँदा मल्ललाई खारिएको प्रशासक र विज्ञको रुपमा लिइएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *