आरोही मिङ्मा दोर्ची शेर्पाको नयाँ कीर्तिमान

news-details

विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो शिखर ल्होत्से हिमालको सबैभन्दा छोटो समयमा आरोहण गरेर मिङ्मा दोर्ची शेर्पाले नयाँ कीर्तिमान कायम गरेकाछन् । पायोनियर एड्भेन्चरले आज काठमाडौंको लाजिम्पाटस्थित माइताई रेष्टुरेण्टमा पत्रकार सम्मलेनको आयोजना गरी शेर्पाले सगरमाथा र ल्होत्से ६ घण्टा १ मिनटमा र मकालुसहित तीनवटै हिमालको आरोहण  ५४ घण्टा २५ मिनेटमा गरी किर्तिमान कायम गरेको जानकारी गराएको छ ।

यस अघि निर्मल पुर्जाले दुबै हिमालको १० घण्टा १५ मिनेटमा आरोहण गरेर कीर्तिमान कायम गरेका थिए । पूर्जाको रेर्कड तोडेर मिङ्मा शेर्पाले रेकर्ड आफ्नो नाममा ल्याएकाछन् । उनले सगरमाथाको जेष्ठ १३ गते बिहान १२ बजेर ४४ मिनेटमा आरोहण गरे भने ल्होत्सेको पनि जेष्ठ १३ गते बिहान ६ बजेर ४५ मिनेटमा सफल आरोहण गरेकाथिए । त्यसैगरी जेष्ठ १५ गते विश्वको पाँचौ अग्लो हिमाल मकालुको बिहान ७ बजेर ९ मिनेटमा सफल आरोहण गरेका थिए । उनको कीर्तिमान जिपिएस ट्रेकिङ मार्फत पनि पुष्टि गरीएको जनाइएको छ ।

संखुवासभाको मकालु गाउँपालिका–२ का शेर्पाले सगरमाथाको ५ पटक, ल्होत्सेको ३ पटक, मकालुको ३ पटक, मनास्लुको ३ पटक, के टुको २ पटक, धौवलागिरीको २ पटक र आमादब्लाम हिमालको २ पटक गरी जम्मा २० पटक हिमालको सफल आरोहण गरी सकेकाछन् । ३२ वर्षीय शेर्पाले गाइडको सहयोग बिना एक्लै छोटो समयमा तीनवटै हिमाल आरोहण गरी रेकर्ड तोडेका हुन् । यो कीर्तिमानसँगै शेर्पाले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउनेछन् । स्पीड क्लाईम्बिङको कीर्तिमानलाई हिमाल आरोहणमा महत्वकासाथ हेरिन्छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *