लिभरपुल बन्यो युरोपको च्याम्पियन

news-details

इङ्ल्याण्डको लिभरपुल फुटबल क्लबले वर्ष २०१८÷१९ को युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति म्याड्रिडमा भएको फाइनल खेलमा प्रतिद्वन्दी टोटनहृयामलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि चुमेको हो ।

लिभरपुललाई उपाधि दिलाउन मोहम्मद सालाह र डिभोक ओरिगीले महत्वपूर्ण गोल गरे । खेल सुरु भएको दोस्रो मिनेटमा टोटनहृयामका मौसा सिसोकोले डिबक्स भित्र हृयान्ड गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । चर्चित स्ट्राइकर मोहम्मद सालाहले उक्त पेनाल्टीबाट सजिलै गोल गर्दै लिभरपुललाई सुरुवाती समयमै अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ८७ औं मिनेटमा लिभरपुलका लागि डिभोक ओरिगीले गोल गर्दै २–० को अग्रता दिलाए । दुई गोलको अग्रता बनाएपनि लिभरपुल टोटनहृयामविरुद्ध दबाबमा खेलेको थियो । खेलअवधिभर बल आफ्नो पकडमा राखेपनि टोटनहृयामले गोल गर्न भने सकेन ।

यस जितसँगै लिभरपुलले छैटौ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *