त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणको नक्कली भारु नोटसहित युनुस अन्सारी पक्राउ

news-details

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित युनुस अन्सारी पक्राउ परेका छन् ।

युनुस अन्सारीसहित तीन जना नेपाली र तीन जना पाकिस्तानीलाई प्रहरीले पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरले जानकारी दिए । रकम ठूलो मात्रामा देखिएको र गन्ने काम भैरहेको भन्दै ठाकुरले रकम कति छ भन्नेबारेमा केहीबेर पछि जानकारी हुने बताए ।

नेपालले प्रतिबन्ध लगाएका भारु २ हजारका नोट रहेको उनले बताए । अन्सारीसहितका सो समूह कतार एयरवेजको जहाजबाट काठमाडौं आएका थिए । युनुस पहिला पनि नक्कली नोट काण्डमा जेल परेका थिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *