सगरमाथाको उचाइ मापन गर्न गएको टोली सगरमाथा चुचुरोमा पुग्यो

news-details

सविता शर्मा / सगरमाथाको उचाई मापनका लागि चढेको नापी विभागको प्राविधिक टोली बुधबार बिहान ३:०० बजे सगरमाथाको चुचुरोमा पुगेको छ । मङ्गलवार दिउँसो १ः४५ मा उक्त टोली साउथ कोलबाट चुचुरोतर्फ लागेको थियो । नापी विभागका सगरमाथा उचाई मापन सचिवालयका प्रमुख सुशील डंगोलले टोली चुचुरोमा पुगेको जानकारी दिए ।

मङ्गलवार विहान पुग्ने अनुमान गरिएकोमा मौसम अनुकूल नभएपछि सोमवारदेखि सगरमाथाको साउथ कोलमा पुगेर टोलीले विश्राम गरेको थियो । शुक्रवार राति आधार शिविरबाट नापी विभागका प्राविधिक खिमलाल गौतमको नेतृत्वमा चारजनाको टोली चुचुरोमा पुगेको हो । सगरमाथा मापनका लागि जिएनएसएस रिसिभर र जिपिआर मेसिन चुचुरोमा लगिएको थियो ।

नियन्त्रण विन्दुमा भएका प्राविधिक र चुचुरोमा भएकाबीच स्याटेलाइटबाट सूचना आदानप्रदान र सम्पर्क हुने व्यवस्था मिलाइएको थियो । सगरमाथामा पुगेर करिव आधा घण्टा अव्जरभेसन सकेर पुन टोली साउथ कोलामा फर्केको छ ।

यो टोली बाहेक अन्य तीन टोली पनि सगरमाथाको उचाइ नाप्न खटिएका छन् । चारवटै टोलीले आफ्नो काम सकेपछि करिव ५/६ महिनापछिमात्रै उचाई पत्ता लाग्दछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *