आफ्नै रेकर्ड तोड्दै कामीरिता २४ औ पटक सगरमाथाको चुचुरोमा, एकै सिजन दुई पटक आरोहण

news-details

सन्तोष राउत / साहसिक आरोही कामीरिता शेर्पाले आफ्नै कीर्तिमान तोड्दै २४ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन । सोलुखुम्बु थामेका शेर्पाले सोमबार विहान ६ः३८ मा एकै सिजनमा दुई पटक सगरमाथाको आरोहण गरेका हुन सगरमाथा आधार शिविरबाट नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

गत जेठ १ गते बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३ औँ पटक पाइला टेकेका शेर्पाले सातदिनभित्र दुई पटक सगरमाथाको आरोहण गरेका हुन ।

लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भए । यस पटकको दुवै आरोहण शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत गरेका हुन ।

सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहण अघि २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका थिए । बौद्ध धर्मअनुसार एक महिनाअघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताए ।

यसअघि २१ पटक सगरमाथा चढेका कीर्तिमानधारी आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसकेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *