त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते

news-details

काकडभिट्टाबाट काठमाडौं आउदै गरेको ना ७ ख नम्बरको बस धादिङको गजुरी गाउँ पालिका ६ बनठे टारमा दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चन्द्रागिरि नपाका ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी, काठमाडौँ जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेका छन । दुई जनाको सनाखत हुन सकेको छैन। दुर्घटनामा २९ जना घाइते भएका छन ।

ईलाका प्रहरी कार्यालय गजुरिका प्रमुख नबराज ढुङ्गेलका अनुसार घाइतेको उद्धार सकिएको छ । २९ घाइते लाई गजुरिमा सामान्य उपचार पछि काठमाडौं पठाइएको छ । १५ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनाको कारण चालक निदाएको वा प्राविधिक खुल्न बाकी रहेको बताए । गाडी सडक बाट ५० मितर तल खसेको थियो ।

तस्बीर सौजन्य : नवराज ढुङगेल

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *