जापान उडान निश्चित भएसँगै निगमद्धारा टिकट बुकिङ खुला, सातामा ३ उडान हुने

news-details

राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगमको जापान उडान निश्चित भएसँगै टिकट बुकिङ खुला भएको छ ।

निगमले असार १९ गतेदेखि जापानको ओसाकामा उडान गर्ने निश्चित भएसँगै टिकट खुला गरेको हो । निगमले ओसाका उडानका लागि आइतबारदेखि टिकट बुकिङ खुला गरेको जानकारी दिएको छ ।

निगमका सह–प्रवक्ता नवराज कोइरालाका अनुसार निगमले असार १९ देखि सोमबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान गर्ने भएको छ ।

काठमाडौं–ओसाका रुटमा निगमले इकोनोमी क्लास सिटका लागि एकतर्फी ४५ हजार र दुईतर्फी ८० देखि ८४ हजार रुपैयाँ भाडादर तोकेको छ ।

काठमाडौं–ओसाका सिधा उडानले बुद्ध जन्मस्थल लुम्बिनी अवलोकनका लागि जापानी धार्मिक पर्यटकलाई आकर्षित गर्नसक्ने विश्वास निगमको छ ।

उडानलाई व्यवस्थित बनाउन निगमले ओसाका सहर र विमानस्थलमा छुट्टाछुट्टै सम्पर्क कार्यालय स्थापना गरिसकेको छ । ओसाकाका लागि निगमले कन्ट्री म्यानेजरमा सन्तोष पाण्डेलाई नियुक्त गरेको छ ।

चीन, हङकङ, थाइल्यान्ड र दक्षिण कोरियाका वायुसेवा कम्पनीहरुले अहिले पनि काठमाडौंबाट ओसाकामा उडान भर्दै आएका छन् । ओसाका रूटमा मूल्यका हिसाबले करिब आधा दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग नेपाल वायुसेवा निगमको प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *