मेस्सीको गोलसँगै बार्सिलोनाले चुम्यो ला लिगाको उपाधि

news-details

शनिबार राती भएको ला लिगा खेल अन्तर्गत बार्सिलोनाले लेभान्टेलाई पराजित गरी स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ ।

आफ्नै घरेलु मैदानमा भएको खेलमा लेभान्टेलाई १–० गोलको संघर्षपूर्ण जित हासिल गरेको थियो । यस सँगै बार्सिलोनाले २६ औं पटक स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । बार्सिलोनाले तीन खेल अघि नै यो उपाधि रक्षा गर्न सफल भएको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी नायक बने । खेलको दोस्रो हाफमा मैदान प्रवेश गरका मेसीकै गोलमा बार्सिलोनाले लेभान्टे विरुद्ध अग्रता लिएको थियो । बार्सिलोनाका लागि खेलको ६२औं मिनेटमा कप्तान मेस्सीले गोल गरे । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा भने गोल गर्न सफल भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *