चीनको सान्सी प्रान्त सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राखेको होटेल पिपल्स ग्रान्डमा नेपाली झण्डा फहराइएको छ ।

राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको सान्सी प्रान्तको केन्द्र सियान पुगेकी छन् । हिजो उनी त्यहाँ पुग्दा होटेलको छतमा नेपालको झण्डा फहराइरहेको थियो ।

सन् १९५३ मा स्थापना भएको यो होटेल सान्सी प्रान्तको सरकारी अतिथिगृह मानिन्छ । (रासस)