रामेछापको मन्थली विमानस्थलमा अवतरणका क्रममा तारा एयरको विमान ठुलो दुर्घटनाबाट बचेको छ ।

सोलुबाट मन्थली पुगेको विमान सोमबार बिहान करिब ९ बजे अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको हो ।

तर, दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको मन्थली विमानस्थल कार्यालयले जनाएको छ । 9Mkk कल साइनको विमानमा १४ यात्रु सवार थिए ।

विमान दुर्घटना भएपछि अहिले यहाँको उडान अवरुद्ध बनेको छ । विमान रनवेको छेउमा रहेका कारण उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।