राष्ट्रपतिबाट प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया नियुक्त

news-details

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलियालाई नियुक्त गरेकी छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई राष्ट्रपति भण्डारीले शुक्रबार प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी हुन् ।

यसअघि प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको नाम संसदीय सुनुवाई समितिले सर्वसम्मत अनुमोदन गरेको थियो ।

बुधबार बसेको समितिको बैठकले थपलियालाई प्रमुख निर्वाचनका लागि योग्य ठहर गर्दै सर्वसम्मत अनुमोदन गरेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *