वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन

news-details

वरिष्ठ पत्रकार तथा कामना न्युज पब्लिकेसन प्रा.लि. का अध्यक्ष तथा प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको आज निधन भएको छ । मृगौलारोगबाट पीडित ६० वर्षीय श्रेष्ठको उपचारका क्रममा काठमाडौको नर्भिक अस्पतालमा बिहान ११ बजे ४९ मिनेटमा निधन भएको हो । उनको दिउँसो ३ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

करिब ५ महिनाअघि नाकमा समस्या देखिएका कारण पत्रकार श्रेष्ठको राजधानीको बयोधा अस्पतालमा नाक र त्यसलगत्तै मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो। उक्त शल्यक्रियालगत्तै पत्रकार श्रेष्ठमा विभिन्न स्वास्थ्य समस्या देखापर्दै आएका थिए ।

नर्भिक अस्पतालमा उपचार गर्नुअघि उनको भारतको मेदान्त अस्पतालमा पनि उपचार भएको थियो। मेदान्त अस्पतालमा दुई महिना उपचार गराएर फर्किएपछि नर्भिक अस्पतालमा फिजोयोथेरापी लगायतका विधिबाट उपचार हुँदै आएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *