गुल्मीको मुसिकोटमा बन्दै गरेको पुल भत्कियो, पाँच जना घाइते

news-details

गुल्मीको मुसिकोट नगरपालिकामा बन्दै गरेको पुल भत्किएको छ । शनिबारदेखि ढलान थालिएको पुल आइतबार ढलान गर्दागर्दै भत्किएको हो ।

नगरपालिकाको बडागाउँ र वामीटक्सार बजार जोड्ने पुल भत्किएको छ । पुल भत्किदा ठेकदारसहित पाँच जना मजदुर घाइते भएका छन् ।

प्रदेश ५ सरकारले विनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालय गुल्मीमार्फत् उक्त पुल निर्माण गर्न लागिएको थियो ।

५८ मिटर लामो पुलकोबीच भागमा पिलर उठाइएको छैन । ओभरलोडका कारण पुल भत्किएको हुन सक्ने मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

पुल निर्माणका लागि करिब पाँच करोड बजेट विनियोजन गरिएको साविकको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर पारस पन्थीले जानकारी दिए ।

उनका अनुसार उक्त पुल बीचमा पिलर राख्न नपर्ने प्रिटेस्ट डिजाइनको छ । दरमखोलामा पानीको सतह बढेर पुलमुनी राखिएको टेका भासिएकाले पुल भत्किएको हुन सक्ने पन्थीको अनुमान छ। पुल निर्माणको जिम्मा वाईपी जयबुद्ध निर्माण कम्पनी काठमाडौंले लिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *