गत चैत्र १७ गते आएको अकल्पनिय तथा भिषण आधीहुरीबाट प्रभावित बारा जिल्लाको विभिन्न गाँउमा पुगी युथ फर हयुमन राइट्स नेपालले सहयोग प्रदान गरेको छ । युथ फर हयुमन राइटससँगै नेपाल स्काउट बारा र साइन्ट्रोलोजी भोल्युनटर मिनिस्टर नेपालले आफ्ना १५ जना भन्दा बढी स्वयंसेवक परिचालन गरी सहायता उपलब्ध गराएको हो ।

उक्त राहत सहायता कार्यक्रमको संयोजन युथ फर हयुमन राइट्स नेपालका मानव अधिकारकर्मी गुण राज प्याकुरेलले गरेका थिए भने स्थानीय संयोजन नेपाल स्काउट बारा जिल्ला कार्यलयका आयुक्त भरत शाहले गरेका थिए ।

हावाहुरी प्रभावित स्थलमै पुगेर युथ फर हयुमन राइट्सको सहयोग

टोलीले राहत पाउन नसकेका विकट बस्तीहरुसम्म पुगेर करिब १७५ घर परिवारलाई आवश्यक लत्ताकपडा, खाद्यान्न, औषधी उपचारलगायतको व्यवस्था गरेको युथ फर हयुमन राइट्स नेपालका प्याकुरेलले जानकारी दिए ।

सहयोगका लागि प्रभावितस्थल पुगेको स्वयंसेवीहरुको टोलीमा प्याकुरेलसँगै विनोद शर्मा, विवेक पाठक, अनुज प्रधान, त्रिषा श्रेष्ठ, अर्पणा ओझा, डा. तेन्जी डोल्मा मुगुमका साथै भोल्युन्टर मिनिष्टरबाट ३ जना गएका थिए । स्वयंसेवीहरुलाई यातायातको व्यवस्थासहित ३ जना स्वयंसेवी नयाँ बानेश्वरस्थित काव्य स्कुलले उपलब्ध गराएको थियो ।

हावाहुरी प्रभावित स्थलमै पुगेर युथ फर हयुमन राइट्सको सहयोग

साइन्ट्रोलोजी भोल्युनटर मिनिस्टर नेपालले यस अघि विनाशकारी भुकम्पको समयमा प्रभावित सबै जल्लामा पुगेर १७ वटा अस्थायी टहरा निर्माण गरेको र सम्पूर्ण जिल्लामा विपत व्यवस्थापन राहत तथा उपलब्ध गराउने कार्य गरेको बताउदै साइन्ट्रोलोजी भोल्युनटर मिनिस्टरका प्रविन गिरीले विपतीको समयमा देश विदेश पुगेर सहायतामा जुटने गरेको जनाए ।