नेपालमा खाद्यान्न, सुगर मिल, हुलास जस्तापातालगायतका उद्योगको स्थापना गर्ने उद्योगी दिवाकर गोल्छाको गए राति निधन भएको छ । २०६४ सालमा नेपाली कांग्रेसबाट संविधानसभामा प्रतिनिधित्व गरेका गोल्छाको मंगलबार राति भारतमा उपचारको क्रममा उनको निधन भएको हो ।

भारतको चेन्नईमा उनको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो । किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै ६७ वर्षको उमेरमा उनको निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार राति साढे १२ बजे उनको निधन भएको हो । उनी एक वर्षदेखि किड्नीको बिरामी थिए । उनको अग्रसरतामा २४ वटा उदयोग स्थापना भएका थिए । उनको पार्थिव शव विहिबारसम्म काठमाडौं ल्याएर पशुपतिमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।