लिबियामा रहेका नेपाली सेना सुरक्षित

news-details

लिबियाको राजधानी त्रिपोलीमा सरकारी सेना र विद्रोहीबीच भएको भिडन्तमा ३२ जनाको ज्यान जानुका साथै ५० जना बढी घाइते भएका छन् ।

त्रिपोलीमा भिडन्त हुने क्रम बढेपछि त्यहाँ शान्ति स्थापनार्थ खटिएका नेपाली सेनाका परिवार चिन्तित बनेका छन् । लिबियामा शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघीय शान्ति मिसन मार्फत २ सय ३१ जना नेपाली शान्ति सैनिकहरु कार्यरत रहेको नेपाली सेनाले जनाएको छ ।

त्रिपोलीस्थित मिसन हेडक्वार्टरमा यूएन मिसनका उच्च पदाधिकारीहरुको सुरक्षार्थ नेपाली सैनिकहरु खटेका हुन् । त्यहाँ खटेका नेपाली शान्ति सैनिकहरु सुरक्षित रहेको नेपाली सेनाले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

आइतबार पनि त्रिपोली नजिक खलिफा हफ्तार समर्थित लडाकुहरु र त्याहाँको सरकारबीच भिडन्त भएको थियो । राजधानी कब्जा गर्ने उद्देश्यसहित दुवै पक्षबाट हवाई आक्रमणका घटना भइरहेका छन् ।

संयुक्त राष्ट्र संघ र संयुक्तराज्य अमेरिकाले तत्कालै युद्धविराम गर्न दुवै पक्षलाई आग्रह गरे पनि भिडन्तहरु रोकिएका छैनन् ।

सन् २०११ मा लिबियाका तानाशाही नेता मुअम्मर गद्दाफीको अन्त्यपछि पनि लिबियामा विभिन्न समूहबीच युद्ध जारी छ । यी समूहबीच शक्ति हत्याउने र तेलका कुवामा वर्चश्व कायम गर्न बेलाबखत भिडन्त हुने गरेको छ ।

हफ्तारको पछिल्लो क्रियाकलापले देशलाई गृहयुद्धमा धकेल्ने सम्भावना रहेको जानकारहरु बताउँछन् । लिबियामा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि भइरहेका अन्तर्राष्ट्रिय कुटनीतिक प्रयास पनि सफल हुन सकेका छैनन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *