सिके राउतलाई अध्यक्षमा चयन गर्दै ‘जनमत पार्टी’ जन्मियो

स्वतन्त्र मधेश र जनमतसंग्रहको माग त्याग्दै निर्वाचन आयोगमा दर्ता हुने
news-details

सिके राउत संयोजक रहेको स्वतन्त्र मधेस गठबन्धनले आफ्नो नाम परिवर्तन गरी ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ । सरकारसँग ११ वुदे सहमति भएपछि सो बारे छलफल गर्न र आगामी कार्यदिशा तय गर्न बसेको राष्ट्रिय परिषद बैठकले पार्टीको नाम परिवर्तन गरेर निर्वाचन आयोगमा दल दर्तासमेत गर्ने निर्णय गरेको हो ।

लाहानमा सम्पन्न दुई दिने बैठकले जनमत पार्टीको अध्यक्षमा डा. सिके राउतलाई चयन गर्दै ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिसमेत निर्माण गरेको छ ।

बैठकले सरकारसँग भएको ११ बुँदे सहमतिको स्वागत गर्दै यसलाई ऐतिहासिक तथा मधेसी जनताका लागि अभूतपूर्व सहमति भएको ठहर गर्दै स्वतन्त्र मधेस र जनमत संग्रहको मागसमेत परित्याग गरेको छ ।

पार्टीको नवगठित केन्द्रीय कार्यकारिणी समितिमा सदस्यहरुमा सुरेन्द्र शर्मा, वविता इसर, कैलाश महतो, संजय यादव, चन्दन सिंह, राजकुमार यादव, सतिला यादव, अब्दुल खान, कौशिला महतो, परमेश्वर मुर्मु, सीताराम पण्डित, इन्द्रजीत यादव, नरेश कुसवाहा, बिरेन्द्र साह, दिनेश यादव, सञ्जय साह, ध्रुब गौड, दुर्गा चौहान, भोपेन्द्र यादव, हरिकुला खान, राधा यादव, इरफान अहम शेख, महेन्द्रप्रसाद चौधरी र आशा मेहता छन् । बाकि १० जना सदस्य भने छिट्टै नै टुंगो लगाउने बताइएको छ ।

परिवर्तित पार्टीको झण्डामा क्रमशः रातो, सेतो र हरियो रंगको ठाडो धर्काको बीचमा सेतो स्ट्रीपमा रातो रंगको अष्टदल राखिने र पार्टीको चुनाव चिन्ह पनि अष्टदल नै राख्ने निर्णय भएको जानकारी दिइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *