मकवानपुर केन्द्रबिन्दु बनाएर ४‍.१ म्याग्निच्युडको भूकम्प गयो

news-details

काठमाडौँ । काठमाडौँ लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसूस भएको छ ।

बिहान ९ बजेको आसपास भूकम्पको धक्का महसूस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान करिब ९ बजेर २ मिनेटमा भूकम्प गएको हो ।

मकवानपुरको चित्लाङ केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

०७२ को गोरखा भूकम्पपछि लामो समयसम्म पराकम्प गएको थियो । सोमबारको भूकम्प भने पराकम्प नभएर नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *