लामो समयदेखि विरामी रहेकी आफ्नी श्रीमति सीता दाहालको उचारका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका जाँदैछन् ।
प्रचण्डका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली आइतबार साँझ ५ बजे इतिहाद एयरवेजस् मार्फत अमेरिका प्रस्थान गर्न लागेका छन् । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीता दाहालको पीएसपी रोगको उपचार हुने जनाइएको छ ।








