राहदानी विभागले कार्यालय समय बढायो, अब ९ बजेदेखि ५ बजेसम्म खुल्ला रहने

news-details

सेवाग्राहीहरुलाई छिटो र चुस्त सेवा दिनका लागि राहदानी विभागले आफ्नो कार्यालय समय १ घण्टा बढाएको छ । सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिँदै विभागले १०–५ को कार्यालय समयमा विहान एक घण्टा अगाडि थप गरेको हो ।

विभागका अनुसार चैत्र १ गते शुक्रवारबाट ९ बजे खुलेर ५ बजे बन्द हुने भएको छ,यद्यपी शुक्रबार भने ३ बजेसम्म सेवाप्रवाह हुने विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए ।

थपिएको समयले सेवाप्रवाहमा सुधार आउने विश्वास महानिर्देशक खड्काले व्यक्त गरे । सरकारले हाल देशभरका जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र विदेशस्थित कूटनीतिक नियोगहरुबाट राहदानी वितरण गर्दै आएको छ ।

यसैबीच, विभागले राहदानी प्रयोगमा सजगता अपनाउन पनि अनुरोध गरेको छ । राहदानीको केरमेटलगायतले समस्या आउन सक्ने भन्दै विभागले सचेत गराएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *