भारत र अमेरिकाका राजदूतलाई मन्त्री सरहको सुविधा दिने सरकारको निर्णय

news-details

सरकारले भारत र अमेरिकास्थित नेपाली राजदूतहरुलाई मन्त्री सो सरहको मान्यता दिएको छ । सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बास्कोटाले आज सरकारका निणयहरु सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् ।

हाल भारतमा निलाम्बर आचार्य र अमेरिकामा अर्जुन कार्की नेपाली राजदूत रहेका छन् । बैठकले आचार्य र कार्कीलाई मन्त्री सरहको सेवा, सुविधा र मान्यता दिने निर्णय गरेको हो ।

बैठकले विदेशस्थित नेपाली नियोगहरुमा सरुवा भई जाने नियोग प्रमुख तथा अधिकृत सरहका कर्मचारीहरुले आफुसित लैजाने कर्मचारीहरुलाई आफ्नो कार्यकाल समाप्त भएसँगै नेपाल फिर्ता ल्याउनुपर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै,बैठकले कर्मचारीसँग भएको राहदानी समेत राहदानी विभागमा बुझाउने करारनामा गर्नेगरी साधारण राहदानीको सट्टा विशेष राहदानी उपलव्ध गराउने निर्णय समेत गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *