विप्लप समूहको नेकपामाथि सरकारले लगायो प्रतिवन्ध

'वार्ताको औचित्व छैन, कानुनी दायरामा ल्याएर कारवाही गरिन्छ'–प्रम ओली
news-details

नेपाल सरकारले विप्लप समूहको नेकपामाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । मंगलबार साझ बसेको मन्त्रीपरिषदको बैठकले अराजकता फैलाएको र हिंसात्मक गतिविधीमा लागेको भन्दै सो समूहमाथि प्रतिवन्ध लगाएको हो ।

मंगलबार अपरान्ह्र मात्रै वैदेशिक रोजगार व्यवसायीहरुसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो समूहलाई लुटेराको संज्ञा दिदै उनीहरुलाई निस्तेज गर्न सरकार सक्षम रहेको बताएका थिए ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको निवासमा गराइएको बम विष्फोट पछि आतंकित बनेर सरकारसँग आम व्यवसायीको सुरक्षाको माग गर्दै गएका व्यवसायीहरुले वार्तामार्फत यस्तो आतंकलाई रोक्न गरेको आग्रहमा प्रम ओलीले सिधै असहमति जनाउदै सुरक्षाका लागि सरकार सक्षम रहेको र अराजक समूहसँग वार्ता गर्नुपर्ने औचित्व नरहेको बताएका थिए ।

‘जहाँ पैसा छ भन्ने लाग्छ त्यही गएर आतंक फैलाउने राजनैतिक समूह होइनन् लुटेरा हुन, उनीहरुलाई सच्चिने मौका छ होइन भने वार्ता होइन कारवाहीको प्रक्रिया सुरु हुन्छ र यसमा सरकार सक्षम पनि छ’ प्रम ओलीले व्यवसायीहरुको भेटमा भने –‘बरु डाकाहरुको इथिक्स होला कम्न्युष्टको नाम बेचेर लुटन लागिपरेको यो समूहलाई छुट दिइन्न ।’

प्रम ओलीले रोजगारदाता, व्यवसायी तथा सर्वसाधारणलाई आतंकित बनाउने कामप्रति आक्रोश प्रकट गर्दै यी गिरोहबाट नडराउन र राज्यले सुरक्षा दिनेमा प्रतिवद्धता पनि जनाएका थिए ।

सुरक्षाको माग गर्दै वैदेशिक रोजगार व्यवसायीहरुले प्रधानमन्त्रीलाई भेटे

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *