नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर काठमाडौंको प्यूखाँमा रक्तदान गरेको छ ।

कार्यक्रममा व्यवसायी तथा सर्वसाधारणले स्वतस्फुर्त रक्तदान गरेका थिए । उक्त रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेको जानकारी संघका अध्यक्ष आनन्द प्रसाद पौडेलले दिए ।

रक्तदान गर्नेहरुलाई संघले प्रमाणपत्र वितरण ग¥यो । नेपाल राष्ट्रिय व्यापार व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालको प्रमुख आतिथ्यता रक्तदान कार्यक्रम भएको थियो । संघले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघका अध्यक्ष पौडेलले जनाए । अध्यक्ष पौडेलले भने–‘समाजमा व्यापार व्यवसाय मात्र नभएर सामाजिक कार्यमा पनि उत्तिकै योगदान दिन चाहान्छौं र रगत अभावमा कुनै पनि विरामी मर्न नपरोस भन्दै रक्तदान गरिएको र आउँदा दिनहरुमा पनि अन्य सामाजिक कार्यहरु गर्दै जानेछौ ।’

नारी दिवसको अवसरमा जुत्ताचप्पल व्यवसायी संघको रक्तदान (फोटो फिचर)

 

नारी दिवसको अवसरमा जुत्ताचप्पल व्यवसायी संघको रक्तदान (फोटो फिचर)नारी दिवसको अवसरमा जुत्ताचप्पल व्यवसायी संघको रक्तदान (फोटो फिचर)नारी दिवसको अवसरमा जुत्ताचप्पल व्यवसायी संघको रक्तदान (फोटो फिचर)