नारी दिवसको अवसरमा जुत्ताचप्पल व्यवसायी संघको रक्तदान (फोटो फिचर)

news-details

नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर काठमाडौंको प्यूखाँमा रक्तदान गरेको छ ।

कार्यक्रममा व्यवसायी तथा सर्वसाधारणले स्वतस्फुर्त रक्तदान गरेका थिए । उक्त रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेको जानकारी संघका अध्यक्ष आनन्द प्रसाद पौडेलले दिए ।

रक्तदान गर्नेहरुलाई संघले प्रमाणपत्र वितरण ग¥यो । नेपाल राष्ट्रिय व्यापार व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालको प्रमुख आतिथ्यता रक्तदान कार्यक्रम भएको थियो । संघले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघका अध्यक्ष पौडेलले जनाए । अध्यक्ष पौडेलले भने–‘समाजमा व्यापार व्यवसाय मात्र नभएर सामाजिक कार्यमा पनि उत्तिकै योगदान दिन चाहान्छौं र रगत अभावमा कुनै पनि विरामी मर्न नपरोस भन्दै रक्तदान गरिएको र आउँदा दिनहरुमा पनि अन्य सामाजिक कार्यहरु गर्दै जानेछौ ।’

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *