सरकारी चिकित्सकको समायोजनको विषयमा आफूहरुको माग पूरा नगरेको भन्दै सरकारी डाक्टरहरुले बुधबारदेखि आकस्मिकबाहेकका सबै सेवा बहिस्कार गर्ने घोषणा गरेका छन् ।
सरकारी चिकित्सक संघ (गोदान) ले आइतबार सरकारलाई ७२ घण्टे अल्टिमेटम दिँदै माग पूरा नभए आकस्मिकबाहेकका सेवा ठप्प पार्ने बताएका हुन् ।
सोमबार स्वास्थ्य राज्यमन्त्री डा। सुरेन्द्र यादवसँग सरकारी चिकित्सक संघका प्रतिनिधिले गरेको वार्ता विना निश्कर्ष सकिएको छ ।








