सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा

news-details

सर्वोच्च अदालतका विवादित न्यायाधीश दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् ।

महाअभियोग लाग्ने संकेत पाएपछि उनले राजिनामा दिएको स्रोतको दावी छ । यसअघि जोशी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परे पनि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएको थियो । २०६३ को अन्तरिम संविधान जारी भएपछि व्यवस्था गरिएको संसदीय सुनुवाइबाट अस्वीकृत हुने जोशी पहिलो न्यायाधीश हुन् ।

प्रधानन्यायाधीशमा नियुक्तिका लागि अस्वीकृत भएपछि लामो समय घरबिदामा बसेका जोशी ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त भएपछि पुनः सर्वोच्च फर्किएका थिए । तर वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र समशेरले उनको जिम्मेवारी खोसेपछि र उनी सर्वोच्चमा भूमिकाविहिन थिए । उनलाई केही सांसदहरुले महाअभियोग लगाउने तयारीसमेत गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *