आज ‘६९औँ प्रजातन्त्र दिवस’, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

news-details

आज ६९ औँ प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । एक सय चार वर्षको जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको स्मरण गर्दै यो दिवश हरेक फागुन ७ मा मनाइने गरेको छ ।

२००७ सालमा राजा त्रिभुवन र राजनीतिक दलहरूको संयुक्त प्रयासमा १ सय ४ वर्षको जहाँनिया राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना गरिएको थियो । त्यस्तै, प्रजातन्त्र स्थापनाका लागि शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले विसं १९९७ माघमा दिएका बलिदान उल्लेखनीय छ ।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले जनताले गरेको आन्दोलनबाट प्राप्त उपलब्धीको मूल्यांकन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशित भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात् गरी अगाडि बढ्नु मुख्य जिम्मेवारी रहेको औंल्याउनु भएको छ ।

त्यसैगरि प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले बलिदानका साथ ल्याएको प्रजातन्त्रलाई समृद्धि र विकामार्फत परिस्कृत गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *