सडक दुर्घटनामा घाइते बाराका प्रजिअ भट्टराईको निधन

news-details

सडक दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद  भट्टराईको निधन भएको छ।

प्रजिअ भट्टराईको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा सोमबार निधन भएको हो।प्रजिअ भट्टराईका भाइ तथा संचारकर्मी नरेश भट्टराईले उनको मृत्यु भएको पुष्टि गरेका छन्। उनले केही समय अघि दाजुको मृत्यु भएको र आफु अस्पतालमै रहेको बताए।

माघ १२ गते बाराको निजगढमा आयोजित एक कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्व पश्चिम राजमार्गको पसाहा पुल नजिक प्रमुख जिल्ला अधिकारी भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेल चढेको जीप दुर्घटना भएको थियो।

उक्त घटनामा परी प्रहरी उपरिक्षक पोखरेलको घटनास्थलमा नै निधन भएको थियो भने गम्भीर घाइते प्रजिअ भट्टराईको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारत भइरहेको थियो।

प्रमुख जिल्ला अधिकारीका सवारी चालक जगतनारायण राउत कुर्मीले नियोजित रुपमा सो दुर्घटना गराएको भन्दै पोखरेल र भट्टराईको परिवारजनले किटानी जाहेरी दिँदै छानबिनको माग गरेका छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *