राष्ट्रपति भण्डारीद्धारा कुवेतको राजदूतमा दुर्गाप्रसाद भण्डारी नियुक्त

news-details

राष्ट्रपति विद्यादेवी भण्डारीले कुवेतका लागि नेपालको आवासीय राजदूतमा दुर्गाप्रसाद भण्डारीलाई नियुक्त गर्नुभएको छ ।
राष्ट्रपतिले नेपालको संविधानको धारा, २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उहाँलाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कुवेतमा आफ्नो कार्यकाल सकेर यज्ञ हमाल स्वदेश फर्किसक्नुभएको छ । विशेषगरी वैदेशिक रोजगारमा कार्यरत नेपालीहरुको रहेको कुवेतबाट दुई देशबीच सम्बन्ध विस्तारसँगै नेपालले धेरै फाइदा लिन सक्नेछ । राष्ट्रपतिबाट नियुक्ती लिइसकेपछि राजदूत भण्डारीले चाँडै कुवेत प्रस्थान गर्ने जानकारी दिनुभएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *