विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य सहरमा काठमाडौं ५ औं स्थानमा

news-details

विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य सहरहरुमा काठमाडौं ५ औं स्थानमा परेको छ ।

हरेक वर्ष विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य र यात्रा गर्न लायक स्थानहरूको सुची सार्वजनिक पार्दै आएको लोन्ली प्लानेटले काठमाडौंलाई उत्कृष्ट १० सहरभित्र समावेश गरेको हो ।

लन्ली प्लानेटको वेवसाइटले काठमाडौंलाई विश्वकै घुम्नलायक सहरको पाँचौ नम्बरमा राखेको छ । काठमाण्डौको ट्राफिक व्यवस्था दशककै राम्रो रहेको कुरालाई वेबसाइटले बढी महत्व दिएको छ ।

त्यसबाहेक वाइफाइ, शान्तपना, नियमित विद्युत लगायतका कारण काठमाडौं झनै घुम्नलायक सहर रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ ।

घुम्नैपर्ने उत्कृष्ट १० सहरको सूचीमा पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्वियाको नोभी साद, चौथोमा संयुक्त राज्य अमेरिकाको मायामी, पाँचौमा नेपालको काठमाडौंलाई समावेश गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *