अख्तियारका आयुक्त राजनारायण पाठकले दिए राजीनामा

news-details

७८ लाख घुस खाएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

पाठकविरुद्ध महाअभियोग लगाउने तयारी भएपछि पाठकले त्यसवाट बच्न शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।

भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा लाखौं रुपैयाँ घुस बुझेको भिडियो हेरेपछि नेकपाका नेताहरू पाठकलाई हटाउने निश्कर्षमा पुगेका थिए ।

शुक्रबार नै महाअभियोग दर्ता गर्ने नेकपाका सांसदहरूको तयारी थियो । तर पाठकले राजिनामा दिएपछि अब राष्ट्रपतिले राजीनामा स्वीकृत नगरेको अवस्थामा महाअभियोगको कारवाही अघि बढने अन्यथा उनीमाथि कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बाटो खुल्ने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *