सरकारको एक बर्ष : प्रधानमन्त्रीले आज देशबासीलाई सम्बोधन गर्दै

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सम्हालेको एक बर्ष पुरा भएको अवसरमा आज देशबासीलाई सम्बोधन गर्दैछन् । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले देशबासीलाई सम्बोधन गर्न लागेका हुन् ।

देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम सिंहदरवारमा अपराह्न ४ बजे निर्धारण गरिएको छ । प्रधानमन्त्री ओलीको सम्बोधनमा सरकारको १ वर्षको उपलब्धि र भावी योजना समेटिने जनाइएको छ ।

ओली दोस्रोपटक प्रधानमन्त्री बनेको भोलि शुक्रबार एक वर्ष पुग्दैछ । पहिलोपटक उनी ०७२ असोज २४ गते प्रधानमन्त्री बनेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *